८ बैशाख २०८१, शनिबार

गण्डकी प्रदेशमा आज बिहानै १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०७९


कोरोना C

२० असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहानै १६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०७९ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ८:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा ७ जना, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा २ जना र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाग्लुङ्गका २ जना, म्याग्दीका ३ जना, स्याङ्गाका १ जना, तनहुँका १ जना, कास्कीका २ जना र नवलपरासी पूर्वका ७ जना रहेका छन् ।

आज कोरोना पुष्टि हुने सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । यसैगरी गोरखा जिल्ला, पालुंगटार नगरपालिका-७, बर्ष ४४ का १ जना कोरोना संक्रमित पुरुषको आज बिहान ५:०५ बजे गोरखा अस्पतालमा मृत्यु भएको जानकारी गोरखा अस्पताल प्रशासनले दिएको छ, यससंगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !