७ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा आज बिहानै ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०६३


कोरोना भाइरस

१९ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहानै ३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०६३ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा १९ जना र प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा १३ जना कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा नवलपरासी पूर्वका १९ जना, तनहुँका ९ जना, पर्वतका ३ जना र बाग्लुङ्गका १ जना गरी जम्मा ३२ जनामा ४ जना महिला र २८ जना पुरुषहरु रहेका छन् । आज कोरोना पुष्टि हुने सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा आज बिहानै ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०६३


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !