१२ बैशाख २०८१, बुधबार

गण्डकी प्रदेशमा आज ५३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९४९


कोरोना भाइरस

१५ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज फेरि थप ५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९४९ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज साँझ ७:२० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा २ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परिक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना पुष्टि हुने सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी कोरोना अपडेट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !