१३ बैशाख २०८१, बिहिबार

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनामा कोरोना पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, असार १५ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार आज कोरोना पुष्टि हुनेहरु अर्घाखाँचीबाट ११ जना, चितवनमा ४ जना कैलालीका १ जना रपल्पका १३ जना रहेका छन् ।

संक्रमण पुष्टि हुनेहरुमा अर्घाखाँचीबाट ११ जना पुरुषहरु, खैरहनी नगरापालिका वडा नं. २ र ३ चितवन बस्ने वर्ष ३२ र वर्ष २७ का २ जना महिलाहरु, गोदावरी न.पा. कैलाली वस्ने वर्ष ३५ का पुरुष १ जना, भरतपुर महानगरपालिका वडा नं. १५ र १६ चितवन बस्ने वर्ष २१ र २३ का पुरुषहरु २ जना र पाल्पा जिल्लाबाट वर्ष १६ देखि वर्ष ५५ सम्मका विभिन्न उमेर समूहका १३ जना पुरुषहरुमा कोभिड-१९ पुष्टी भएको हो ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा असार १४ गते प्राप्त भएका नमुनामघ्ये ५३५ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ५०६ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !