७ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा आज फेरि १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८५४


कोरोना भाइरस (कोभिड-१९)

१३ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज फेरि थप १६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८५४ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज साँझ ५:२५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा ११ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परिक्षणमा ५ जना गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज साँझ कोरोना पुष्टि हुने सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८५४


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !