गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८०६ Nepalpatra गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८०६
२ बैशाख २०७८, बिहिबार

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८०६


कोरोना भाइरस

१२ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज राती थप १४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८०६ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज राती ८:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ७ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परिक्षणमा ७ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रवक्ता डा. शर्माका अनुसार गण्डकी प्रदेशका लमजुङमा ६ जना, कास्कीमा १ जना, गोरखामा ५ जना र पर्बतमा २ जना गरी १४ जनामा कोरोना संक्रमण देखिएको हो ।

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८०६


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !