कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १४३३ पुग्यो, थपिए २६ जना Nepalpatra कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १४३३ पुग्यो, थपिए २६ जना
७ बैशाख २०७८, मंगलबार

कर्णालीमा थप २६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४३३ पुग्यो


कोरोना भाइरस

सुर्खेत, १२ असार । कर्णाली प्रदेशमा आज दिउसो २६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १४३३ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज दिउसो १:२७ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा २३ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु