८ बैशाख २०८१, शनिबार

गण्डकी प्रदेशबाट ९ जना कोरोना संक्रमित निको भएर घर फर्के


घर फर्के

१२ असार, काठमाडौँ । गण्डकी प्रदेशबाट थप ९ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । योसंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १०१ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:५० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशबाट ९ जनामा कोरोना संक्रमित कोरोनालाई जितेर निको भई घर फर्केको जानकारी गराएका हुन् ।

कोरोनालाई जितेर डिस्चार्ज हुनेहरुमा गोरखा जिल्लाको गण्डकी गाउँपालिकाका २६, ३०, २०, २१ र २५ वर्षीय पुरुषहरु ५ जना रहेका छन् । साथै गोरखा जिल्लाको गोरखा नगरपालिकाका ३५, २९ र ३२ वर्षीय पुरुषहरु ३ जना र ३१ वर्षिया महिला १ जना गरी ४ जनाले पनि कोरोना भाइरसलिई जितेर घर फर्केका छन् ।

साथै उनले कोरोना संक्रमणको उपचार तथा ब्यबस्थापनमा अहोरात्र खटिनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई धन्यबाद ज्ञापन तथा अन्य बिरामीहरुलाई पनि उच्च मनोबलका साथै धैर्यता राख्न अनुरोध गर्दै शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

गण्डकी प्रदेशबाट ९ जना कोरोना संक्रमित निको भएर घर फर्के

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !