११ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७९२


कोरोना भाइरस

१२ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान थप २५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९२ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:२० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ४ जना र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा २१ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रवक्ता डा. शर्माका अनुसार गण्डकी प्रदेशका तनहुँमा २ जना, स्याङ्गजामा १ जना, बाग्लुंगमा १ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २१ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँको व्यास नगरपालिकाका ४९ र ३० वर्ष उमेरका २ जना पुरुषहरु, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय १ जना पुरुष र बाग्लुङको बरेङ गाउँपालिकाका २३ वर्षीय १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

साथै भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिकाका ५३, ३४, २३, ३५, ५२, ५२ र २५ वर्ष उमेरका ७ जना पुरुषहरु तथा कावासोती नगरपालिकाका २४, २४, ३०, ३३, ३०, ३५, २२, १८, २९, ५८, ३५ र १८ वर्षका १२ जना पुरुषहरु तथा ३७ र २५ वर्ष उमेरका २ जना महिलामा पनि कोरोना संक्रमण देखिएको हो ।

प्रवक्ता डा. शर्माका अनुसार उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !