८ बैशाख २०८१, शनिबार

पाल्पामा आज थपिए १२१ जना नयाँ कोरोना संक्रमित


कोरोना भाइरस

पाल्पा, असार ११ । पाल्पा जिल्लामा आज बिहीबार एकैदिन १२१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ३६६ पुगेको छ ।

भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षण पाल्पाको निस्दीका ९३ जना र प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ ।

आज संक्रमण पुष्टि हुनेहरुमा पाल्पाको निस्दी गाउँपालिकामा ९३ जना, पूर्वखोला गाउँपालिकाका १८ जना, रम्भा गाउँपालिकाका ६ जना, तानसेन नगरपालिकाका ३ जना र तिनाउ गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ ।

भरतपुर अस्पतालले आज बिहान जारी गरेको सूचनामा असार १० गते भएको आरटी पीसीआर परीक्षणमा पाल्पाका विभिन्न ठाउँबाट २३४ वटा नमुना परीक्षणका लागि आएकामा निस्दी गाउँपालिकाका ९३ जनाको कोरोना नतिजा पोजेटिभ आएको जनाएको छ । पाल्पामा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !