८ बैशाख २०८१, शनिबार

नेपालमा अहिलेसम्म २२२४ जनाले जिते कोरोना, थप ७६ जना घर फर्किए


घर फर्किए

९ असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २२२४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

नेपालमा अहिलसम्म रसुवा बाहेक अन्य सबै ७६ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । आज नयाँ कोरोना संक्रमित ५३८ मध्ये ४४८ जना पुरुषहरु र ९० जना महिलाहरु रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ७६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २२२४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर डिस्चार्ज हुने ७६ जनाहरुमा ८ जना महिलाहरु र ६८ जना पुरुषहरु रहेका छन् ।

नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना, बाँकेमा २ जना, गुल्मीमा ३ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका २ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका ३ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस् 

नेपालमा संक्रमितको संख्या १० हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ५३८ संक्रमित

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या २४ पुग्यो

नेपालमा अहिलेसम्म २१४२ जनाले जिते कोरोना, थप ३७० जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !