७ बैशाख २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या १० हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ५३८ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, असार ९ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ५३८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १००९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा झापाका १२ जना, सप्तरीका २२, सुनसरीका ३ जना, मोरङका २ जना, तेह्रथुमका २ जना, महोत्तरीका १२ जना, अर्घाखाँचीका २ जना, बाग्लुङका ६ जना, बझाङका २२ जना, बाजुराका २० जना, डडेलधुराका ४ जना, धादिङका १८ जना, गोरखाका २९ जना र गुल्मीका ५ जना रहेका छन् ।
छन् ।

साथै कैलालीका ३८ जना, कञ्चनपुरका १७ जना, कास्कीका ८ जना, नवलपरासी पूर्वका २२ जना, पर्वतका २२ जना, प्युठानका ५० जना, रौटहटका १३ जना, रुपन्देहीका ३ जना, सर्लाहीका २ जना, सिरहाका ७ जना, स्याङजाका २२ जना, तनहुँका ८ जना, धनुषाका ३९ जना, बाग्लुङका ८ जना , लमजुङका ५ जना, पाल्पाका ४८ जना, दाङका १९ जना, सल्यानका ४ जना, सुर्खेतका २३ जना, दैलेखका ३५ जना, हुम्लाका १ जना, कालिकोटका १ जना र अछामका ७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

नेपालमा अहिलसम्म रसुवा बाहेक अन्य सबै ७६ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । आज नयाँ कोरोना संक्रमित ५३८ मध्ये ४४८ जना पुरुषहरु र ९० जना महिलाहरु रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ७६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २२२४ जना पुगेको छ ।

मन्त्रालयका अनुसार मंगलवारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ७१ हजार ५ सय ८४ नमुना परीक्षण भएका छन् । २४ घण्टामा ३ हजार ४८१ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ८६ हजार ३६६ परीक्षणहरु गरिएका छन् र २४ घण्टामा ४ हजार ९९५ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ८५ हजार ८१३ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ७ हजार ८५१ जना रहेका छन् ।

नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना, बाँकेमा २ जना, गुल्मीमा ३ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका २ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका ३ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस् 

नेपालमा अहिलेसम्म २२२४ जनाले जिते कोरोना, थप ७६ जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या २४ पुग्यो

नेपालमा संक्रमितको संख्या ९५६१ पुग्यो, आज थपिए कोरोनाका नयाँ ५३५ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !