कर्णालीमा थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३०७ पुग्यो Nepalpatra कर्णालीमा थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३०७ पुग्यो
३१ चैत्र २०७७, मंगलबार

कर्णालीमा थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३०७ पुग्यो


कोरोना भाइरस

सुर्खेत, ९ असार । कर्णाली प्रदेशमा आज दिउसो २५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १३०७ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज दिउसो १:५९ एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ५ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ कोरोना संक्रमितहरु सुर्खेतमा ५ जना. दैलेखमा १९ जना र कालिकोटमा १ जनामा रहेका छन् ।

हालसम्म प्राप्त जानकारी अनुसार संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । कर्णाली प्रदेशमा अहिलेसम्म ५६० जना कोरोना निको भई डिस्चार्ज भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

कर्णालीमा थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३०७ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु