६ बैशाख २०८१, बिहिबार

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ९६ नयाँ संक्रमित


कोभिड-१९

काठमाडौँ, असार ८ । सुदूरपश्चिम प्रदेशमा आज ९६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कैलालीमा १ जना महिला र ५७ जना पुरुषहरु गरी ५८ जना, डडेल्धुरामा ५ जना महिलाहरु र १० जना पुरुषहरु गरी १५ जना, बैतडीमा १ जना महिला र १३ जना पुरुषहरु गरी १४ जना, डोटीमा ४ जना महिलाहरु र ३ जना पुरुषहरु गरी ७ जना र अछाम जिल्लामा १ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ११२० पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका ३१९ जना, डडेल्धुरामा २०१ जना, बैतडीमा १५६ जना, डोटीमा १६१ जना, कञ्चनपुरमा १०० जना, अछामका ७७ जना, बाजुराका ७२ जना, बझाङमा २१ जना र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएका ५ जनाको मृत्यु भईसकेको छ भने १३४ जना निको भएर घर फर्किसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !