११ बैशाख २०८१, मंगलबार

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, असार ८ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार आज कोरोना पुष्टि हुनेहरु नवलपुरका १६ जना र चितवनमा ५   जना रहेका छन् ।

संक्रमण पुष्टि हुनेहरुमा नवलपुरको गैडाकोट-१७ वस्ने वर्ष ३५ र २८ का २ जना पुरुषहरु, चितवनको माडी-२,६,५ र ८ वस्ने वर्ष ४७, ३४, २८, ३२ का ४ जना पुरुषहरु, नवलपुरको बुलिङ्गटार-३,४,५,६ वस्ने वर्ष ४५, १८, ४०, २०, २६, ३२, २९, २०, २१, २०, २१, २१, २४ २४ का १४ जना पुरुषहरु र चितवनको भरतपुर महानगरपालिका-२८ वस्ने वर्ष २९ का पुरुष १ जना गरी जम्मा २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा असार ७ गते प्राप्त भएका नमुनामघ्ये २४९ वटा नमुनाको पिसिआर परीक्षणको क्रममा २२८ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

हिजो आइतवार भरतपुर अस्पतालको ३३, नवलपुरको ७३, चितवन मेडिकल कलेजको १३, सि.एम.एसको २०, बिपि केएमसिएचको २३, भरतपुर महानगरपालिकाको ४२, नारायणी सामुदायिक अस्पतालको ३, माडी नगरपालिका १३, सेन्ट्रल अस्पतालको ४, इच्छाकामना गाउँपालिकाको १, राप्ती नगरपालिकाको १९ र खैरहनी नगरपालिकाको ५ नमुना परीक्षण गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !