८ बैशाख २०८१, शनिबार

नेपालमा संक्रमितको संख्या ९०२६ पुग्यो, आज थपिए कोरोनाका नयाँ ४२१ संक्रमित


डा. जागेश्वर गौतम

काठमाडौँ, असार ७ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४२१ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९०२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा झापाका ६ जना, उदयपुरका ५ जना, मोरङका २ जना, सुनसरीका २ जना, धनुषाका ८ जना, महोत्तरीका २ जना, सप्तरीका २ जना, बाराका ३ जना, अर्घाखाँचीका १६ जना, डडेलधुरा १४ जना, डोटीका २७ जना, गुल्मीका ७ जना, कैलालीका २७ जना, कपिलवस्तुका २५ जना, नवलपरासी पश्चिमका २२ जना, नुवोकाटका १, प्युठानका २० जना, रामेछापका १ जना, रुपन्देहीका २ जना, सर्लाहीका ५ जना रहेका छन् ।

साथै सिरहाका ५२ जना, ललितपुरका १ जना, पाल्पाका २ जना, अर्घाखाँचीका ५८ जना, बाग्लुङका २३ जना, कास्कीका १ जना, स्याङ्जाका १० जना, मुस्ताङका १ जना, म्याग्दीका ४ जना, नवलपरासी पूर्वका २ जना, पर्वतका २ जना, तनहुँका ४ जना, पाल्पाका २ जना, बाँकेका १ जना, बर्दियाका ३ जना, रोल्पाका ४ जना, दाङका १० जना, दैलेखका १ जना, सल्यानका ६ जना, सुर्खेतका २ जना, अछामका २ जना, बैतडीका २ जना, बझाङका २ जना, डडलेधुराका २७ जना र कञ्चनपुरका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

नेपालमा अहिलसम्म ७५ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा अहिलेसम्म ९०२६ कोरोना संक्रमितहरुमध्ये ८२०६ जना पुरुषहरु र ८२० जना महिलाहरु रहेका छन् । आज नयाँ संक्रमित ४२१ मध्ये ३५७ जना पुरुषहरु र ६४ जना महिलाहरु रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा १९४ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १७७२ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आइतवारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ६२ हजार १७४ नमुना परीक्षण भएका छन् । २४ घण्टामा ९ हजार ८७४ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ७५ हजार १७३ परीक्षणहरु गरिएका छन् र २४ घण्टामा ६ हजार ८ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९४ लाख ९२८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ७ हजार २३१ जना रहेका छन् ।

नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना, बाँकेमा २ जना, गुल्मीमा ३ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका ३ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस् 

नेपालमा अहिलेसम्म १७७२ जनाले जिते कोरोना, थप १९४ जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या २३ पुग्यो

नेपालमा संक्रमितको संख्या ८६०५ पुग्यो, आज थपिए कोरोनाका नयाँ ३३१ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !