७ बैशाख २०८१, शुक्रबार

डडेल्धुरा सदरमुकाम कोरोना संक्रमण बढेपछि अनिश्चितकालीन सिल


डडेल्धुरा सदरमुकाम

अमरगढी, ६ असार । कोरोना संक्रमणको दर बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम अनिश्चित्कालीन सिल गरिएको छ । शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने सदरमुकाम सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ ।

अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा सदरमुकाम सिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख दधिराम न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “समितिको निर्णयअनुसार व्यापार व्यवसाय सबै बन्द हुन्छन् । हामी बजार क्षेत्रमा माइकिङसमेत गर्दै छौँ ।”

सरकारी कार्यालय खुल्ला नै रहने छ भने अति आवश्यकबाहेक सेवा बन्द हुने डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी गणेशदत्त ओझाले बताउनुभयो । डडेल्धुरामा १२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धेरै सङ्क्रमण देखिएपछि यहाँको गन्यापधुरामा बिहीबारदेखि सिल गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !