६ बैशाख २०८१, बिहिबार

गण्डकी प्रदेशमा आज बिहानै ५८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४३८


कोरोना C

६ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान फेरि थप ५८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:१५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार गण्डकी प्रदेशका कास्की, तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, स्याङ्जा र बागलुङमा गरी आज ५८ जना नयाँ कोभिड–१९ सङ्क्रमित थपिएका हुन् । तनहुँमा २५ जना, नवलपुर १६ जना, गोरखाका ५ जना, म्याग्दीका १ जना, कास्कीका २ जना स्याङ्गजाका १ जना र बागलुङमा ८ जनामा कोरोना संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, चितवनको भरतपुर अस्पताल र पोखरामा गरिएको परीक्षणअनुसार नयाँ सङ्क्रमण पुष्टि भएको जनाइएको छ । कास्कीको मादी गाउँपालिकाका ४१ वर्षीय पुरुष र १९ महिनाका बालिका छन् । तनहुँको ऋषिङ गाँउपालिकाका २८, २८, २८, ३७, २०, २३, २७, १९, १, २८, २०, ३३, २३, ३०, १६, २३, २३ २०, २३, २४, २८ ब्यास नगरपालिकाका २४ र २८ तथा शुक्लागण्डकी नगरपालिकाका ३५ र २२ वर्षीय पुरुष रहेका छन् ।

नवलपुरको बुलिङटार गाउँपालिकाका १७, ३६, ३०, ३७, २२, २०, ४१, ३३, २१, ३८ र २२ वर्षीय पुरुष, बौदीकाली गाउँपालिकाका ४७ वर्षीय पुरुष, मध्यबिन्दु नगरपालिकाका २५ र ४५ तथा विनयी त्रिवेणी गाउँपालिकाका २१ वर्षका पुरुष र देवचुली नगरपालिकाका १९ वर्षीय पुरुष छन् । त्यसैगरी गोरखाको भीमसेन गाउँपालिकाका ३६, ३३, २२, ३५ र २८ वर्षका पुरुष, म्याग्दीको मालिका गाउँपालिकाका ३० वर्षीय पुरुष तथा स्याङ्जाका पालिका नखुलेको २९ वर्षीय पुरुष रहेका छन् । बागलुङको काठेखोला गाउँपालिकाका २३, ३३, ३६, २४, ३४, ३९ र २२ वर्षका पुरुष तथा ३० वर्षीया महिला रहेका छन् ।

नयाँ सङ्क्रमित भारतबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेका र अहिले सबै जनालाई जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा हालसम्म मुस्ताङबाहेकका १० जिल्लामा सङ्क्रमण देखिएको छ । पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेशमा सङ्क्रमितको सङ्ख्या ४३८ पुगेको छ ।

हालसम्म स्याङ्जामा ७६, नवलपुरमा ११५, बागलुङमा ७४, पर्वतमा ४३, गोर्खामा ४१, तनहुँमा ६८, कास्कीमा १५, म्याग्दीमा चार तथा लमजुङ र मनाङमा एक÷एक जना सङ्क्रमित छन् । हालसम्म ३९ जना विभिन्न अस्पतालमा उपचार पछि निको भएर घर फर्किएका छन् । एक जना सङ्क्रमितको भने मृत्यु भएको छ ।

प्रदेशमा हालसम्म आठ हजार ७५१ जनाको पिसिआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन(स्वाब) लिइएकामा छ हजार ९१९ जनाको नतिजा नेगेटिभ आएको छ । प्रयोगशलामा अझै एक हजार ४५२ जनाको नतिजा आउन बाँकी रहेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा आज फेरि ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३८०


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !