७ बैशाख २०८१, शुक्रबार

थप २१६ जना घर फर्किए, नेपालमा अहिलेसम्म १४०२ जनाले जिते कोरोना


घर फर्किए

५ असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २१६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १४०२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

नेपालमा अहिलसम्म ७४ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४२६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२७४ पुगेको छ । नेपालमा अहिलेसम्म ८२७४ कोरोना संक्रमितहरुमध्ये ७५६७ जना पुरुषहरु र ७०७ जना महिलाहरु रहेका छन् । आज नयाँ संक्रमित ४२६ मध्ये ३३८ जना पुरुषहरु र ८८ जना महिलाहरु रहेका छन् ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा २ जना, गुल्मीमा २ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका ३ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस् 

नेपालमा संक्रमितको संख्या ८२७४ पुग्यो, आज थपिए कोरोनाका नयाँ ४२६ संक्रमित

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुग्यो

नेपालमा ११८६ जनाले जिते कोरोना, थप १९ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !