१२ बैशाख २०८१, बुधबार

बाग्लुङमा आज एकैदिन २४ जनामा देखियो कोरोना संक्रमण


कोरोना भाइरस

बाग्लुङ, असार ५ । बाग्लुङ जिल्लामा आज एकैदिन थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६ :०० र बिहान ११:०० बजे गरी दुई पटक प्रेस बिज्ञप्ति जारी गर्दै १० जना र १४ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश क्षयरोग केन्द्रको प्रयोगशाला र काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामामा गरिएको परीक्षणमा बाग्लुङमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाग्लुङको गल्कोट नगरपालिकाका ३५, ३८, ३०, २२, १९ र ४५ वर्षीय पुरुषहरु ६ जना र ४२ र २० वर्षिया महिलाहरु २ जना गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोठेखोला गाउँपालिकाका २४, २९, २२, २०, २३ र २९ वर्षीय पुरुषहरु ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै बागलुङ नगरपालिकाका २५, २८, ५३, २३ र १८ वर्षीय पुरुषहरु ५ जना र ढोरपाटन नगरपालिकाका १६, ११, १५ र २० वर्षीय पुरुषहरु ४ जना र ६० वर्षीय महिला १ जना गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. विनोद शर्माले जानकारी दिएका छन् ।

उनीहरु सबै भारतबाट फर्किएको हुन् र सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेका छन् । उनीहरु सबैलाई बाग्लुङ जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु