महोत्तरीमा एकै गाउँपालिकामा २७३ कोरोना संक्रमित Nepalpatra महोत्तरीमा एकै गाउँपालिकामा २७३ कोरोना संक्रमित
३ बैशाख २०७८, शुक्रबार

महोत्तरीमा एकै गाउँपालिकामा २७३ कोरोना संक्रमित


सम्सी गाउँपालिका

जलेश्वर, ४ असार । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका गए राति १२ बजेदेखि सिल गरिएको छ । बुधबार सम्सी गाउँपालिकाको विभिन्न क्वारेन्टिनमा रहेका २७३ जनाको कोरोना रिजल्ट पोजेटिभ आएपछि गए राति १२ बजेदेखि आउँदो शनिबार मध्यराति १२ बजेसम्मको लागि सो गाउँपालिका सिल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार एक विज्ञप्ति जारी गर्दै सो गाउँपालिकामा ७२ घण्टासम्म अत्ति आवश्यक र आकस्मिक बाहेकका सबै थोक निषेध गरिएको जनाएको छ । यसैबीच महोत्तरीमा अहिलेसम्म कूल ५०८ जना कोरोना पोजेटिभ भएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !