१३ बैशाख २०८१, बिहिबार

कर्णाली प्रदेशवाट आज १५२ जना कोरोना जितेर घर फर्किए


कोरोना जितेर घर फर्किए

सुर्खेत, ३ असार । कर्णाली प्रदेशवाट आज १५२ जना कोरोना भाइरस (कोभिड-१९) लाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किएका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

डा. तिवारीका अनुसार आज डिस्चार्ज हुनेहरुमा महाबु आइसोलेशन सेन्टर, दैलेखवाट १०६ जना, नारायण आइसोलेशन सेन्टर/दैलेख अस्पताल, दैलेखवाट ४३ जना र प्रदेश अस्पताल, सुर्खेतवाट ३ जना गरी १५२ जना रहेका छन् ।

कर्णाली प्रदेशमा आज दिउसो १८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११०४ जना पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ कोरोना संक्रमितहरु सुर्खेतमा २ जना, दैलेख जिल्लाका २ जना र कालिकोटमा १४ जना रहेका छन् । कर्णाली प्रदेशमा अहिलेसम्म ४९४ जना कोरोना निको भई डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

 

कर्णाली प्रदेशवाट आज १५२ जना कोरोना जितेर घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !