१३ बैशाख २०८१, बिहिबार

कालिकोटमा आज थपिए कोरोनाका १४ नयाँ संक्रमित


कोरोना भाइरस

सुर्खेत, ३ असार । कर्णाली प्रदेशको कालिकोट जिल्लामा आज दिउसो १४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज दिउसो २:१६ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कालिकोटमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा कालिकोटको सान्नित्रिवेणी गाउँपालिका वार्ड नम्वर २ का १९, २१, २१,२४, २५, ३८ र ६० वर्षीय पुरुषहरु ७ जना रहेका छन् ।

साथै कालिकोटको सान्नित्रिवेणी गाउँपालिका वार्ड नम्वर ३ का २२, २३, ४२ र ५० वर्षीय पुरुषहरु ४ जना र १८, ५२ वर्षीया महिलाहरु २ जनामा पनि कोरोना संक्रमण देखिएको छ । त्यस्तै सोहि गाउँपालिकाको वार्ड नम्वर ५ का ५७ वर्षीय पुरुष १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !