१३ बैशाख २०८१, बिहिबार

गण्डकी प्रदेशमा बिहानै २१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४७


कोरोना भाइरस

३ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान थप २१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ७:५० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा १८ जना, र पर्बतमा ३ जना गरी २१ जनामा कोरोना संक्रमण देखिएको हो ।  प्रवक्ता डा. शर्माका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा आज बिहान थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।हुप्सिकोट गाउँपालिकामा थापिनेहरुमा १९ , १९, २३, २०, २४, ३५, ३६, १८, २०, १८, २०, २४, २१ र १८ वर्षीय पुरुषहरु गरी १४ जनामा १८ जनामा कोरोना संक्रमण देखिएको हो । मध्युविन्दु नगरपालिकाका १६ र ३० वर्ष उमेर समुहका २ पुरुष रहेका छन् । यस्तै, कावासोती नगरपालिकाका १ जना ३७ वर्षीय पुरुषमा र पालिका नखुलेको २७ वर्षिय १ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

पर्वतको फलेवास नगरपालिकाका २ जना १९ र २१ वर्षीय २ जना पुरुषहरु र ४६ वर्षिय १ जना महिलामा समेत गरी पर्वतमा ३ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २४७ पुगेको छ ।

उनीहरुहरु सबै भारतबाट नेपाल आएका हुन् र सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेका छन् । उनीहरु सवैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ । गण्डकी प्रदेशमा बिहानै २१ जनामा कोरोना पुष्टि

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !