१२ बैशाख २०८१, बुधबार

कपिलवस्तुमा आज थपिए १२ जना कोरोना संक्रमित


कोरोना भाइरस

कपिलवस्तु, असार १ । कपिलवस्तु जिल्लामा आज दिउसो थप १२ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६४६ पुगेको कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन् ।

आज संक्रमण पुष्टि हुनेहरुमा वाडगगा नगरपालिकाका वार्ड नम्वर २ बर्ष २० का १ जना पुरुष, वार्ड नम्वर ३ का बर्ष २२,२४ का २ पुरुषहरु,वार्ड नम्वर ४ का बर्ष ४०, ४१ का २ जना पुरुषहरु, वार्ड नम्वर १० का बर्ष १९, २५, ३५ का ३ पुरुषहरु र वार्ड नम्वर ११ का बर्ष २१ का १ जना पुरुष गरी ९ जना रहेका छन् ।

साथै विजयनगर गाउँपालिका वार्ड नम्वर १ का २१, २९ बर्ष २ जना पुरुषहरु र वार्ड नम्वर ३ का बर्ष २६ का पुरुष १ जना गरी ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परिक्षण गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !