७ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा बिहानै ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०५


कोरोना भाइरस

१ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान थप ६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०५ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ५:४५ बजे र ७ बजे गरी दुई वटा प्रेस बिज्ञप्ति जारी गर्दै ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार गण्डकी प्रदेश, तनहुँ जिल्ला, घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ४५, २२, २७, २७, र ४६ का ५ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरुलाई तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेको जी.पी. कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा ल्याईएको छ ।

गण्डकी प्रदेश, नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष २० का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको प्रवक्ता डा. शर्माले जानकारी दिएका छन् । उनलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) को रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।

गण्डकी प्रदेशमा थपिए कोरोनाका ५ नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !