१३ बैशाख २०८१, बिहिबार

प्रदेश २ मा थपिए ३४ जना नयाँ कोरोना संक्रमित


कोभिड-१९

वीरगन्ज, जेठ ३२ । प्रदेश २ मा ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २०७१ पुगेको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण देखिएको हो । नयाँ कोरोना संक्रमण पर्सा, बारा, रौतहट र सर्लाहीमा देखिएको हो ।

नारायणी अस्पतालका अनुसार संक्रमित हुनेहरुमा पर्साका १७ जना, बाराका ९ जना, रौतहटका ७ र १ जना सर्लाहीका रहेका छन् । भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएकाहरुको थ्रोट स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । पर्सा जिल्लाका १७ जना कोरोना संक्रमितमध्ये १४ जना पुरुषहरु र ३ जना महिला छन् भने बारा, रौतहट र सर्लाहीका संक्रमित १७ जना पुरुषहरु रहेका छन् ।

पर्साका संक्रमितहरु २० वर्षदेखि ४५ वर्ष समूहका रहेका छन् । गत जेठ २४ मा उनीहरुको स्वाब संकलन गरिएको थियो । पर्साका १७ जना संक्रमितमध्ये पोखरिया नगरपालिकाको क्वारेन्टाइनका १० जना, विन्दवासनी गाउँपालिकाको झौवा क्वारेन्टाइनका २ जना, जिराभवानीका १ जना र धोबनी गाउँपालिकाका १ जना, पर्सागढी नगरपालिकाको १ जना र पटेर्वासुगौली गाउँपालिकाको क्वारेन्टाइनका २ जना रहेका छन् ।

संक्रमितहरुलाई आइसोलेसन वार्डमा ल्याउने तैयारी भइरहेको छ । प्रदेश २ मा अहिलेसम्म ३८० जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !