७ बैशाख २०८१, शुक्रबार

नवलपुर जिल्लामा बिहानै थपिए कोरोनाका २ नयाँ संक्रमित


कोभिड-१९)

३२ जेठ, काठमाडौँ । गण्डकी प्रदेश नवलपुर जिल्लामा आज बिहान थप २ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै नवलपुर जिल्लामा कोरोना संक्रमितको संख्या ४५ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ५:५० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार गण्डकी प्रदेश, नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), देबचुली नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष २३ र ३२ का २ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरुलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) को रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !