१२ बैशाख २०८१, बुधबार

कोरोना संक्रमित र प्रहरीबीच झडप हुँदा ४ जना घाइते


झडप

३१ जेठ, सुर्खेत । दैलेखको त्रिभुवन उच्च माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका कोरोना संक्रमित र प्रहरीबीच शनिबार झडप भएको छ । क्वारेन्टिनमा बस्दै आाएका ४३ जना संक्रमितहरुले दोस्रो पीसीआरको रिपोर्ट आउन ढिलो भएको भन्दै आन्दोलनमा उत्रिएपछि प्रहरीको कुटाइबाट ४ जना घाइते भएका छन् ।

उनीहरु घर जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको दैलेख प्रहरी प्रमुख डीएसपी हरिबहादुर वलीले बताए । आइसोलेसन र क्वारेन्टिनमा रहेकाहरु दैनिकजसो आन्दोलन गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !