७ बैशाख २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या ५३३५ पुग्यो, आज थपिए कोरोनाका नयाँ २७३ संक्रमित


कोरोना भाइरस

काठमाडौँ, जेठ ३१ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २७३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

नेपालमा अहिलसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । आज २७३ कोरोना संक्रमितहरुमध्ये २४७ जना पुरुषहरु र ३६ जना महिलाहरु रहेका छन् । नेपालमा अहिलेसम्म ५३३५ कोरोना संक्रमितहरुमध्ये ४९४९ जना पुरुषहरु र ३८६ जना महिलाहरु रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ३६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ९१३ जना पुगेको छ ।

मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ९० हजार ५८२ नमुना परीक्षण भएका छन् । २४ घन्टामा २ हजार ५३० आरडीटी परीक्षण भएका छन । पीसीआर विधिबाट भने हालसम्म १ लाख २७ हजार २ सय ८८ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ५० हजार ५४९ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ४ हजार ४०४ जना रहेका छन् ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना र कैलालीका १ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा ९१३ जनाले जिते कोरोना, थप ३६ जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या १८ पुग्यो

नेपालमा संक्रमितको संख्या ५०६२ पुग्यो, आज थपिए कोरोनाका नयाँ ४४८ संक्रमित

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !