६ बैशाख २०८१, बिहिबार

कर्णालीमा आज ७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९१६ पुग्यो


कोरोना भाइरस

सुर्खेत, ३१ जेठ । कर्णाली प्रदेशमा आज दिउसो ७० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९१६ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ कोरोना संक्रमितहरु सुर्खेतमा ४० जना र दैलेख जिल्लाका ३० जना रहेका छन् ।

आज नयाँ संक्रमण पुष्टि हुने सुर्खेतका ४० जना मध्ये गुर्भाकोटका १२ जना, भेरीगंगाका १० जना, बराहतालका ९ जना, चौकुनेका ८ जना र वीरेन्द्रनगरका १ जना र दैलेखका ३० जना मध्ये आठबीसका २० जना, नौमुलेका ९ जना र डुङ्गेश्वरका १ जना रहेका छन् ।

हालसम्मको जम्मा ९१६ मध्ये जिल्लागत संख्या दैलेख ५०२ जना, सुर्खेत १९७ जना, सल्यान १३७ जना, कालिकोट २८ जना, जुम्ला २४ जना, जाजरकोट ८ जना, मुगु २ जना, हुम्ला १ जना, डोल्पा १ जना र अन्य प्रदेशका बासिन्दाको संख्या १६ जना रहेको छ ।

आज दैलेख अस्पतालमा ५ जना र दुल्लु अस्पतालमा ४ जना गरी ९ जना निको भई डिस्चार्ज भए संगै जम्मा डिस्चार्ज हुनेको संख्या ९१ पुगेको छ र हालसम्म कोभिड-१९ को संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको संख्या ३ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !