१२ बैशाख २०८१, बुधबार

मृत बालकमा कोरोना पुष्टि भएपछि स्वास्थ्यसंस्था सिल, सरकारी तथा निजी कार्यालय बन्द


कोरोना संक्रमण

जेष्ठ ३१, वीरगन्ज । वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारको क्रममा शुक्रबार अपरान्ह स्वाब लिइएको ती बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्रोतले जानकारी दियो ।

यो संगै अत्यावश्यक औषधी पसल बाहेकका अन्य पसल बन्द गर्न आग्रह गरिएको छ । निजगढ नगरपालिकाभित्र सञ्चालित सम्पूर्ण पसल तथा व्यवसायहरु (औषधी पसल बाहेक) सरकारी तथा निजी कार्यालहरु, बैंक तथा वित्तीय संस्थाहरु, नगरभित्र चल्ने सम्पूर्ण साना तथा ठूला यातायातहरु (विरामी बोक्ने एम्बुलेन्स बाहेक) पूर्णरुपमा बन्द गरेर सहयोग गरिदिन आग्रह गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !