१३ बैशाख २०८१, बिहिबार

नेपालमा ८७७ जनाले जिते कोरोना, थप १६ जना घर फर्किए


घर फर्किए

३० जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ८७७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नेपालमा कोरोना संक्रमणलाई जितेर पछिल्लो २४ घन्टामा डिस्चार्ज हुनेहरुमा पाटन अस्पतालबाट १ जना, कोभिड १९ युनिफाइड कमान्ड बलम्बु अस्पतालबाट ३ जना, काठमाडौं मेडिकल कलेज दुवाकोटबाट ३ जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ८ जना, ह्याम्स अस्पतालबाट १ जना रहेका छन् ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४४८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ । नेपालमा अहिलसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । आज ४४८ कोरोना संक्रमितहरुमध्ये ४२४ जना पुरुषहरु र २४ जना महिलाहरु रहेका छन् । नेपालमा अहिलेसम्म ५०६२ कोरोना संक्रमितहरुमध्ये ४७०९ जना पुरुषहरु र ३५३ जना महिलाहरु रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा १६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ८७७ जना पुगेको छ ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना र कैलालीका १ जना, स्याङ्जाका १ जना, चितवनका १ जना र अर्घाखाँचीका १ जना गरी १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ५०६२ पुग्यो, आज थपिए कोरोनाका नयाँ ४४८ संक्रमित

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

नेपालमा ८६१ जनाले जिते कोरोना, थप १८७ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !