८ बैशाख २०८१, शनिबार

नेपालमा संक्रमितको संख्या ५०६२ पुग्यो, आज थपिए कोरोनाका नयाँ ४४८ संक्रमित


डा. जागेश्वर गौतम

काठमाडौँ, जेठ ३० । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४४८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा रौतहटका ८६ जना, सर्लाहीका ५७ जना, सुर्खेतका ४५, दैलेखका ३८, धादिङका २९, स्याङ्जाका २२, सप्तरीका १७, रुपन्देहीका १६ जना, महोत्तरीका १६ जना, धनुषाका १५ जना, बर्दियाका १५ जना, झापाका १३ जना, पर्वतका १३ जना, सिराहाका ११ जना, सुनसरीका १० जना रहेका छन् ।

साथै चितवनका ८ जना, दाङका ८ जना, नवलपुरका ५ जना, कपिवलस्तुका ४ जना, उदयपुरका ३ जना. मोरङका ३ जना, नवलपरासीका २ जना, प्युठानका २ जना, अर्घाखाँचीका २ जना तथा काठमाडौं, नुवाकोट, बारा, गुल्मी र पाल्पा, इलाम, तनहुँ, बाँकेका १/१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

नेपालमा अहिलसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । आज ४४८ कोरोना संक्रमितहरुमध्ये ४२४ जना पुरुषहरु र २४ जना महिलाहरु रहेका छन् । नेपालमा अहिलेसम्म ५०६२ कोरोना संक्रमितहरुमध्ये ४७०९ जना पुरुषहरु र ३५३ जना महिलाहरु रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा १६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ८७७ जना पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज शुक्रबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख अठासी हजार ५२ नमुना परीक्षण भएका छन् । २४ घण्टामा ९ हजार ९०९ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख २१ हजार ८६२ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ५ हजार ९२५ परीक्षण भएका छन् । हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख ५८ हजार ५० जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ४१६९ जना रहेका छन् ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना र कैलालीका १ जना, स्याङ्जाका १ जना, चितवनका १ जना र अर्घाखाँचीका १ जना गरी १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा ८७७ जनाले जिते कोरोना, थप १६ जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

नेपालमा संक्रमितको संख्या ४६१४ पुग्यो, आज थपिए कोरोनाका नयाँ २५० संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !