, कर्णालीमा आज ८३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८४६ पुग्यो

कर्णालीमा आज ८३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८४६ पुग्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ८४६ पुग्यो, आज थपिए ८३ जना

सुर्खेत, ३० जेठ । कर्णाली प्रदेशमा आज दिउसो ८३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ८४६ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

डा. तिवारीका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ कोरोना संक्रमितहरु दैलेखमा ३८ जना, सुर्खेतमा ४५ जना रहेका छन् ।

कोरोना भाइरस