१२ बैशाख २०८१, बुधबार

कर्णालीमा आज ५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७६३ पुग्यो


सुर्खेत, २९ जेठ । कर्णाली प्रदेशमा आज दिउसो ५५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ७६३ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

डा. तिवारीका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ कोरोना संक्रमितहरु दैलेखमा ४८ जना, सुर्खेतमा ६ जना र काठमाडौँमा १ जना रहेका छन् ।

कर्णालीमा आज ५५ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !