१३ बैशाख २०८१, बिहिबार

कर्णालीमा आज २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७१ पुग्यो


कोरोना भाइरस

सुर्खेत, २७ जेठ । कर्णाली प्रदेशमा आज दिउसो २० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६७१ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

डा. तिवारीका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १६ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ कोरोना संक्रमितहरु सल्यानमा १३ जना, सुर्खेतमा ५ जना र जुम्लामा २ जना रहेका छन् ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३, ४, ५ र ८ का १२ जना पुरुषहरु, कपुरकोट गाउँपालिका-६ का १ जना पुरुष, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- १२ की १ जना महिला र २ जना पुरुषहरु, गुर्भाकोट नगरापलिका-१४ की १ जना महिला र सिम्ता गाउँपालिका ६ का १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । साथै जुम्लाको हिमा गाउँपालिका-४ की १ जना महिला र तिला गाउँपालिका-२ का १ जना पुरुष रहेका छन् ।

कर्णाली प्रदेशमा आज २० जनामा कोरोना पुष्टि

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा आज १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६५७ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु