७ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा आज फेरि २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४४ पुग्यो


२७ जेठ, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान २४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराकी निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ५:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार गण्डकी प्रदेश, नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० का १२ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरुलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) जिल्लाको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।

साथै गण्डकी प्रदेश, म्याग्दी जिल्ला, बेनी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ४६ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । यसैगरी गण्डकी प्रदेश, बाग्लुङ जिल्ला, निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष २१, २६ र २७ का ३ जना पुरुषहरु र सोहि जिल्ला बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष २४, २२, १८, २४, १८, ४९, २३ र २७ का ८ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरुलाई सम्बन्धित जिल्लाको सरकारी अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।

गण्डकी प्रदेशमा आज बिहान २४ जनामा कोरोना पुष्टि

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा आज फेरि ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !