१३ बैशाख २०८१, बिहिबार

कोरोना भाइरस सर्ने तरिका र बच्ने उपायहरु


कोरोना भाइरस
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जब कुनै संक्रमित मानिस बोल्दा, खोक्दा र हच्छिउँ गर्दा थुक मार्फत् अर्को स्वस्थ मान्छेमा सर्ने गर्दछ । संक्रमित मानिसले कसैको नाक, आँखा र मुख अथवा शरीरको कुनै पनि भागमा छोयो भने पनि यो भाइरस सर्दछ ।

कसरी बच्ने ?

रूघा लागेका र नोबेल कोरोना लागेको व्यक्तिको नजीक नजाने, सरसफाईमा ध्यान दिने, पौष्टिक खाना खाने, भोकै पेट सकेसम्म नबस्ने ।

उपचार

यो रोगको उपचार अहिले सम्म पत्ता नलागेको हुनाले उपरोक्त व्यक्तिहरूको सम्पर्कबाट टाढा रहने । यस्तो समस्या यदि कसैलाई देखिएको छ भने लक्षणको आधारमा जडिबुटीको प्रयोग गर्ने ।

जडिबुटीबाट बनेका औषधि वा ताजा जडिबुटी वैद्य कविराजको परामर्शमा खाने गरेमा यसले बचाउन सक्छ । नोबेल कोरोनाले समग्र मानव जातीलाई प्रकृतिको पालना गर लापरबाही नगर गरे मर्छौ भनेको देखिएको छ ।

बाल मृत्युदर र अन्य उमेर समुहका मान्छेको मृत्यदर धेरै घटाएको देखिन्छ । प्रकृतिको नियमलाई र व्यायम गर्ने मान्छे चाडो मर्दैन भन्ने संकेत देखाएको छ ।

हामीले विगतलाई फर्केर हेर्छौ भने मानिस मर्नुको प्रमुख कारण अनावश्यक औषधिको सेवनलाई र नियमलाई पालना नगर्नाले मर्ने गरेको अनुमान लिएका छौं । रोग र औषधिको मेल नखायमा थुप्रै अन्य रोगको आगमन सुरु हुदै जान सक्छ ।

खाना सफा र पौष्टिक हुनुपर्छ । बासिसडेगलेको मासु फास्ट फुड जस्ता खानाबाट बच्न सक्नुपर्छ । यो रोग जुनसुकै वर्षका व्यक्तिलाई लाग्न सकेतापनि मध्यम आयुको वयस्क र वृद्धहरुमा भने बढी देखिएको छ ।

पाको उमेर समुहका व्यक्तिलाई बढी पौष्टिक आहर आवश्यक भएको हुन्छ । हाम्रा नेपाली दाजुभाई सम्पति नभएपनि खाना टन्न खाने गर्नाले रोग सर्ने समभावन कम छ । आ-आफ्नो बालकलाई खोप अनिवार्य लगाउन नभुल्नु होला खोपले पनि रोग लाग्नबाट बचाउन सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !