, गण्डकी प्रदेशमा आज फेरि ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

गण्डकी प्रदेशमा आज फेरि ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

गण्डकी प्रदेशमा आज बेलुकी ५ जनामा कोरोना पुष्टि

२६ जेठ, काठमाडौँ । गण्डकी प्रदेशमा आज बेलुकी थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२० जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराकी निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ५:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार गण्डकी प्रदेश नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), गैडाकोट नगरपालिका स्थायी ठेगाना भई सोहि नगरपालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ३३ र ३९ का २ जना पुरुषहरु तथा सोहि जिल्लाको कावासोती नगरपालिका स्थायी ठेगाना भई सोहि नगरपालिकाको क्वारेन्टाइनमा रहेका बर्ष २१ र ४० का २ जना पुरुषहरु र वर्ष ६३ का १ जना महिला गरी ५ जना थप व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) को रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा आज बिहानै १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११५ पुग्यो

गण्डकी प्रदेशमा आज फेरि ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो