१३ बैशाख २०८१, बिहिबार

कर्णाली प्रदेशमा आज १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६५७ पुग्यो


सुर्खेत, २६ जेठ । कर्णाली प्रदेशमा आज दिउसो १६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६५७ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

डा. तिवारीका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ कोरोना संक्रमितहरु दैलेख, सल्यान र सुर्खेत जिल्लाका छन् ।

आज दिउसो थपिने नयाँ कोरोना संक्रमितहरुमा दैलेखका १० जना पुरुषहरु, सल्यानका ४ जना पुरुषहरु र १ जना महिला गरी ५ जना  र सुर्खेतका १ जना पुरुष रहेका छन् । आज कोरोना संक्रमितहरु १५ वर्ष देखि ४० वर्ष उमेर समूहका रहेका छन् । मन्त्रालयका अनुसार उनीहरु सवै स्वास्थ्यककर्मीको सम्पर्कमा रहेका छन् ।

कर्णाली प्रदेशमा आज १६ जनामा कोरोना पुष्टि

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा आज दिउसो ५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६४१ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !