८ बैशाख २०८१, शनिबार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुग्यो


मृत्यु-निधन

काठमाडौँ, जेठ २३ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका अनुसार पश्चिम सुर्खेतका क्वारेन्टाइनबाट घर फर्केपछि मृत्यु भएका युवामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । पञ्चपुरी नगरपालिका-१, सानीडाँडाका २० वर्षीय युवाको बिहीबार बिहान करीव २ बजे मृत्यु भएको थियो । बिहीबार दिउँसो गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले पुष्टि गरेको छ ।

गत जेठ ८ गते भारतबाट आएका उनी १४ दिन स्थानीय क्‍वारेन्टाइनमा रहँदै आएका थिए । घर फर्किँदा आरडीटी नेगेटिभ आएको र क्‍वारेन्टाइनमा रहँदा कुनै संक्रमणको लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ । उनको घर फर्किने क्रममा २२ गते मृत्यु भएको हो ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !