१३ बैशाख २०८१, बिहिबार

कपिलवस्तुमा थप १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४१४ पुग्यो


कोरोना भाइरस

कपिलबस्तु, जेठ २२ । कपिलवस्तु जिल्लामा आज बिहान थप कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप १२ जनामा पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ४१४ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए ।

आज बिहान कपिलवस्तुमा थपिएका नयाँ संक्रमितहरुमा बाणगंगा नगरपालिका-१ का २१ का वर्षीय १ पुरुष जना, वाड न. २ का ८ वर्षीया बालिका १ जना र २६ वर्षीया महिला १ जना र ३९ वर्षीय पुरुष १ जना गरी ३ जना, वाड न. ४ का ३४ वर्षीय पुरुष १ जना र वाड न. ७ का ३९ वर्षीय पुरुष १ जना गरी जम्मा बाणगंगा नगरपालिकामा ६ जनामा कोरोना पुष्टि भएको छ ।

साथै यशोधरा गाउँपालिका वाड न. ७ का २२, २६, ३०, ३६, ४२, ४८ वर्षीय पुरुषहरु ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, कपिलवस्तुले जानकारी दिएको छ । हिजो दिउसो कपिलबस्तुमा थप ७ जनामा कोरोना पुष्टि भएर कपिलवस्तुमा संक्रमितको संख्या ४०२ पुगेको थियो ।

यो पनि पढ्नुहोस्

कपिलबस्तुमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको ४०२ संख्या पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !