१३ बैशाख २०८१, बिहिबार

कोरोना भाइरस कहिले रोकिन्छ र सामान्य अवस्था कहिले हुन्छ ?


कोरोना सङ्क्रमण

बीबीसी । कोरोना भाइरसको प्रकोपको अन्त्य कहिले हुन्छ? हामी सामान्य जीवनमा कहिलेसम्म फर्कन सक्छौँ ? ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले ब्रिटेनले कोरोनाभाइरसको प्रभावलाई आगामी १२ हप्ताभित्र ‘बदल्न सक्ने’ विश्वास व्यक्त गरेका छन्। तर आगामी तीन महिनामा सङ्क्रमणको सङ्ख्यामा कमी आउन थाले पनि हामी त्यसको अन्त्यभन्दा निकै टाढा हुने छौँ।यसको प्रभाव अन्त्य हुन निकै लामो समय लाग्न सक्छ। सम्भवतः वर्षौँ लाग्न सक्छ।

हाल अपनाइएको प्रतिबन्धहरूको रणनीति दिगो हुन नसक्ने स्पष्ट छ र यसले निम्त्याउने सामाजिक र आर्थिक क्षति डरलाग्दो हुनेछ। अहिलेको आवश्यकता भनेको ‘निकासको रणनीति हो’ जसबाट प्रतिबन्धात्मक व्यवस्थाहरू हटाउन र जनजीवन सामान्य बनाउन सकिन्छ। तर कोरोनाभाइरस हराउने छैन। प्रतिबन्ध हटाइए सङ्क्रमणको सङ्ख्या बढ्ने छ।

“निकासको योजना के हो र हामी कसरी यसबाट बाहिर निस्कन सक्छौँ भन्ने विषय ठूलो समस्या हो,” युनिभर्सिटी अफ एडिनबरा सरुवा रोग विषयका प्राध्यापक मार्क वुलहाउसले बताए। “यो विषयमा यूकेमा मात्र होइन। कुनै पनि देशसँग योजना छैन।” यो निकै ठूलो वैज्ञानिक र सामाजिक चुनौती हो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !