१३ बैशाख २०८१, बिहिबार

कर्णाली प्रदेशमा आज थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो


कोरोना भाइरस (कोभिड-१९)

२१ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा आज थप १६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २७८ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

डा. तिवारीका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ कोरोना संक्रमितहरु सल्यान, दैलेख र कालिकोट जिल्लाका छन् । मन्त्रालयका अनुसार उनीहरु सवै स्वास्थ्यककर्मीको सम्पर्कमा रहेका छन् ।

नयाँ संक्रमितमध्ये दैलेखका ७ जना, सल्यानका २ जना र कालिकोटका ७ जना रहेका छन् । कालिकोटका ७ संक्रमितमध्ये महाबै गाउँपालिकाका-४ का ४ महिना २८ दिनको शिशुमा पनि कोरोना पोजेटिभ देखिएको दिएको छ । यसअघि मध्यान्ह कर्णाली प्रदेशमा २९ जनामा कोरोना पुष्टि भएर कोरोना संक्रमितको संख्या २६२ पुगेको थियो ।

कर्णाली प्रदेशमा आज थप १६ जनामा कोरोना पुष्टि

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा आज थप २९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६२ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु