१३ बैशाख २०८१, बिहिबार

कपिलवस्तु जिल्लामा थप ८ जना कोरोना संक्रमण मुक्त


कोरोना संक्रमण मुक्त

कपिलबस्तु, जेठ २१ । कपिलवस्तु जिल्लामा थप ८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमण मुक्त भएका छन् । यससंगै कपिलवस्तुमा कोरोना भाइरस निको हुनेको संख्या ३२ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए ।

आज कोरोना भाइरस संक्रमणमुक्त हुनेहरुमा बुद्धभुमी नगरपालिकाका १ जना, यशोधरा गाउँपालिकाका २ जना र कृष्णनगर नगररपालिकाको ५ जना रहेका छन् । कपिलवस्तु जिल्लामा आज थप कोरोना भाइरस संक्रमण थप २ जनामा पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ३९५ पुगेको छ ।

यो पनि पढ्नुहोस्

कपिलबस्तुमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !