७ बैशाख २०८१, शुक्रबार

कपिलबस्तुमा आज १७ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस (कोभिड-१९)

कपिलबस्तु, जेठ २० । कपिलवस्तु जिल्लामा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप १७ जनामा पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ३३४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय, कपिलवस्तुले जानकारी दिएको छ । आज कपिलवस्तुमा थपिएका नयाँ संक्रमितहरुमा शिवराज नगरपालिकाका १५ जना तथा बाणगंगा नगरपालिकामा १ जना र महाराजगन्ज नगरपालिकामा १ जना रहेका छन् । संक्रमित १७ जनाहरुमध्ये ३ जना महिलाहरु छन् ।

जस अनुसार शिवराज नगरपालिका वाड नं. ३ का २०,२३,२४ वर्षीय पुरुषहरु ३ जना , वाड नं. ४ का १८,४२ वर्षीय पुरुषहरु २ जना, वाड नं. ५ का २४,२८ वर्षीया महिलाहरु २ जना र २१, ३० वर्षीय पुरुषहरु २ जना, वाड नं. ६ की १९ वर्षीय महिला १ जना, वाड नं. ८ का २८ वर्षीय पुरुष १ जना, वाड नं. १० का १७ वर्षीय पुरुष १ जना र वाड नं. ११ का १७,२३,२९ वर्षीय पुरुषहरु ३ जना गरी १५ जना कोरोना संक्रमित भएका छन् ।

साथै बाणगंगा नगरपालिका वडा नं.४ का वर्ष १६ वर्षीय पुरुष १ जना तथा महाराजगन्ज नगरपालिका वडा नं. १० का २८ वर्षीय पुरुष १ जनामा कोरोना संक्रमण देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !