८ बैशाख २०८१, शनिबार

कर्णाली प्रदेशमा आज थप २९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६२ पुग्यो


कोरोना भाइरस (कोभिड-१९)

२० जेठ, सुर्खेत । कर्णाली प्रदेशमा आज थप २९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २६२ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

डा. तिवारीका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ कोरोना संक्रमितहरु सुर्खेत, सल्यान र अछाम जिल्लाका छन् । मन्त्रालयका अनुसार उनीहरु सवै स्वास्थ्यककर्मीको सम्पर्कमा रहेका छन् ।

नयाँ संक्रमितमध्ये सुर्खेतका ११, सल्यानका ९ जना र अछामका ९ जना गरी २९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । संक्रमितहरु १४ वर्षदेखि ५० वर्ष उमेर समुहका छन् । यसअघि हिजो बेलुकी कर्णाली प्रदेशमा ३५ जनामा कोरोना पुष्टि भएर कोरोना संक्रमितको संख्या २३३ पुगेको थियो ।

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा आज फेरि थप ३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३३ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !