७ बैशाख २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या १८११ पुग्यो, आज बेलुकी थपिए कोरोनाका नयाँ १३ संक्रमित


कोरोना भाइरस (कोभिड-१९)

काठमाडौँ, जेठ १९ । नेपालमा आज बेलुकी कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

आज साँझ संक्रमण पुष्टि हुनेहरुमा पाल्पाका २ जना, नवलपरासी (पश्चिम) का १ जना, गुल्मीका १ जना, कपिलवस्तुका ७ जना र रुपन्देहीका २ जनामा कारोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १८११ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २२१ पुगेको छ । नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना र बाजुराका १ जना गरी ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा २२१ जनाले जिते कोरोना, थप १ जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

नेपालमा संक्रमितको संख्या १७९३ पुग्यो, आज थपिए कोरोनाका नयाँ २२६ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !