६ बैशाख २०८१, बिहिबार

कर्णाली प्रदेशमा आज फेरि थप ३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३३ पुग्यो


कोरोना भाइरस (कोभिड-१९)

१९ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा आज फेरी थप ३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३३ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

डा. तिवारीका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ कोरोना संक्रमितहरु सुर्खेत, दैलेख, सल्यान र अछाम जिल्लाका छन् । यसअघि आज बिहान कर्णाली प्रदेशमा आज ७५ जनामा कोरोना पुष्टि भएर संक्रमितको संख्या १९८ जना पुगेको थियो ।

नयाँ संक्रमितमध्ये सुर्खेतका १६, सल्यानका ९ जना, दैलेखका ९ र अछामका १ जना गरी ३५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । सुर्खेतमा ४ वर्षीय बालक १ जना र ८ वर्षीया बालिका १ जनामा पनि संक्रमण देखिएको छ । आज संक्रमितहरु सवै भारतवाट आएका हुन् ।  मन्त्रालयका अनुसार उनीहरु सवै स्वास्थ्यककर्मीको सम्पर्कमा रहेका छन् ।

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा आज ७५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९८ जना पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !